कोरोना संक्रमित बजारमा घुम्न थालेपछि निगरानी गर्दै सरकार

काठमाडौं, २४ कात्तिक । सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमितलाई घरघरै पुगेर निगरानी गर्ने भएको छ । विशेष गरि होम आइसोलेनमा बसेका संक्रमितहरु खुल्लम खुल्ला बजारमा निस्केको सूचना पाए पछि सरकारले निगरानी बढाउन लागेको हो ।
होम आइसोलेसनमा बसेका संक्रमितहरू बाहिर निस्किँदा काठमाडौं उपत्यकामा संक्रमण थप फैलिएको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोरोनाको हट स्पट बनेको काठमाडौं उपत्यकमा संक्रमितको निगरानी गरिने छ ।
कोरोना नियन्त्रणको लागि संक्रमितहरूको निगरानी गर्ने तयारी गरीएको मन्त्रालयका कोभिड–१९ फोकल पर्सन महेन्द्रप्रसाद श्रेष्ठले बताए । काठमाडौं उपत्यकाका सबै टोलटोलमा कोरोना निगरानी समुह गठन गरिने छ ।
उक्त समूहमा टोलका समाजसेवी, स्वास्थ्यकर्मी, क्लव, आमा समुह अन्य सक्रिय व्यक्तिहरूलाई समावेश गरिने मन्त्रालयले जनाएको छ । सानो क्षेत्रलाई हेर्ने गरि कम्तिमा ५० घरालाई समेटेर कोरोना निगरानी समूह गठन गरिने छ ।
निगरानी समूहले संक्रमितको पहिचान र स्वास्थ्य मापदण्ड पालना गरे नगरेको अनुगमन गर्नेछ । समूहले आइसोलेसनमा बसेका र क्वारेन्टिनमा बस्नुपर्ने कन्ट्रयाक्ट ट्रेसिङमा परेको व्यक्ती घरवाहीर हिडे नडिहलेको हेर्ने छ ।
अनुगमन मात्रै हैन होम आइसोलेसनमा बसेका संक्रमितलाई गम्भिर स्वस्थ्य समस्या देखिएमा अस्पताल लैजाने प्रवन्ध पनि समूहले गर्ने श्रेष्ठले बताए ।
सघ सरकारको कोरोना नियन्त्रणको यो रणनितिमा स्थानिय तहले भूमिका खेल्ने छन् ।