डडेल्धुरा अस्पतालका डाक्टर बुढा र नर्सिङ अफिसर विष्टमा कोरोना संक्रमण



Download our app to get more features

डडेल्धुरा, २४ कात्तिक । डडेल्धुरा अस्पतालमा कार्यरत एक चिकित्सक र नर्सिङ अफिसरमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुवैजनामा कोरोना देखिएको हो ।

डेन्टल सर्जन डाक्टर डबल बुढा र नर्सिङ अफिसर अमृता बिष्टलाई कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । विगत चार–पाँच दिनयतादेखि रुघाखोकी, ज्वारो आएपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको डाक्टर बुढाले जानकारी दिए ।

‘चार–पाँच दिनदेखि लगातर रुघाखोकी र ज्वारो आइरहेको थियो। आज कोरोना जचाउँदा संक्रमण पुष्टि भएको छ ।’ उनले भने,‘अहिले बेलाबेलामा रुघाखोकी लागिरहेको छ ।’

संक्रमण पुष्टि भएपछि उनीहरु अस्पतालकै क्वाटरमा आइसोलेसनमा बसिरहेका छन् । संक्रमण पुष्टि भएका डाक्टर बुढा दन्त शल्य चिकित्सा विभाग प्रमुख हुन् भने नर्सिङ अफिसर बिष्ट आइसोलेसन वार्ड इन्चार्ज हुन् ।

Last modified on 2020-11-09 19:55:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts