नेपालमा थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौं, २४ कात्तिक । नेपालमा थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार १ सय २६ पुगेको छ ।
यस्तै हाल नेपालभर ४ सय ११ जना कोरोना संक्रमित आईसीयूमा उपचाररत छन् भने ८३ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।