नेपालमा २५ सय ७१ नयाँ संक्रमित थपिए, १७ सय ९८ स्वस्थ

काठमाडौं, २४ कात्तिक । नेपालमा थप २५ सय ७१ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार १ सय ७७ पिसिआर परीक्षण गर्दा थप २ हजार ५ सय ७१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
१ हजार ५१ जना महिला र १५ सय २० जना पुरुषमा गरि थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा थप १७ सय ९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक लाख ५९ हजार ७ सय २४ पुगेको छ । यो दर कुल संक्रमितको ८१ प्रतिशत हो ।