बुटवलमा कोरोना संक्रमणबाट ४५ वर्षीय पुरुषको मृत्यु 



Download our app to get more features

बुटवल, २४ कात्तिक । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।
कात्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएपछि त्यही दिन अस्पताल भर्ना भएका उनको उपचारका क्रममा सोमबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जनाए ।  उनी मिर्गौला र कलेजोका दीर्घरोगी रहेका थिए । 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा मृतक कोरोना संक्रमितको संख्या ८४ र लुम्बिनी प्रदेशमा १ सय ९८ पुगेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts