काठमाडौं उपत्यकामा थपिए १५३३ नयाँ कोरोना संक्रमित 



Download our app to get more features

काठमाडौँ, २३ कात्तिक । पछिल्लो २४घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५३३ जनामा कोरोना संक्रमण भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार २ सय ९४ जना, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना गरी कुल १ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको हो । 
काठमाडौँमा आज देखिएको यो संक्रमण देशभर आज देखिएको कुल संक्रमित संख्याको ५४ प्रतिशत हो ।

आज देशभर कुल २ हजार ८ सय १७ जनामा कोरोना देखिएको थियो । यस्तै आज २ हजार ८ सय १२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts