नेपालमा कोरोना संक्रमणमुक्त हुने संख्या एक लाख ५७ हजार नाघ्यो, १ लाख ९४ हजारभन्दा बढी संक्रमित

काठमाडौं, २३ कात्तिक । नेपालमा कोरोना संक्रमणमुक्त हुने संख्या एक लाख ५७ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ हजार ८ सय १२ जना कोरोनमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक लाख ५७ हजार ९ सय २६ पुगेको छ । यो दर कुल संक्रमितको ८१ शदमलव १ प्रतिशत हो ।
यस्तै पछिल्लो २४ घन्टामा थप २ हजार ८ सय १७ जनामा कोरोना पुष्टि भएको छ ।
मन्त्रालयको अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ३ सय ११ पिसिआर परीक्षण गर्दा थप २ हजार ८ सय १७ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।