देशभर २८८२० कोरोना संक्रमित होम आइसोलेसनमा 



Download our app to get more features

काठमाडौं, २२ कात्तिक ।  देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। 

शनिबार ३५ हजार ४ सय ३५ जना संक्रिय संक्रमित मध्ये २८ हजार ८ सय २० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।  

 सबै भन्दा धेरै बागमती प्रदेशमा १८ हजार ४ सय ८६ जना होम आइसोलेसनमा छन्। 

त्यस्तै प्रदेश १ मा  ४ हजार ५ सय ७०, प्रदेश २ मा ९ सय ८५, लुम्बिनी प्रदेशमा  २  हजार १ सय ८६, सुदूरपश्चिम प्रदेशमा ६ सय ८५, गण्डकी प्रदेशमा १ हजार ७ सय १० र कर्णाली प्रदेशमा २ सय ९८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts