काठमाडौं उपत्यकामा थप १५१२ जनामा कोरोना संक्रमण



Download our app to get more features

काठमाडौं, २२ कात्तिक ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ५ सय १२ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २ सय ९४, ललितपुरमा १ सय ४१ र भक्तपुरमा ७७ जनालाई  कोरोना संक्रमण देखिएको छ।

काठमाडौं जिल्लामा मात्र सक्रिय संक्रमितको संख्या १५ हजार ४ सय ५५ पुगेको छ। ललितपुरमा २ हजार १ सय ९१ र भक्तपुरमा १ हजार २ सय १६ सक्रिय संक्रमित छन्।

काठमाडौंमा ११ हजार ५ सय ७०, ललितपुरमा १ हजार ८ सय ३ र भक्तपुरमा १ हजार ७ सय ५० जना संक्रमित होम आइसोलेसनमा छन्।

यस्तै उपत्यकाका तीन जिल्ला काठमाडौंमा २ सय ७०, ललितपुरमा ६६ र भक्तपुरमा ७० जना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts