थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु, मृत्युदर शून्य दशमलव ६ प्रतिशत



Download our app to get more features

काठमाडौं, २२ कात्तिक । नेपालमा थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ८७ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ६ प्रतिशत हो ।

हाल नेपालभर ३ सय ६५ जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ भने ७६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts