नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ९१ हजार नाघ्यो, ८१ प्रतिशत स्वस्थ



Download our app to get more features

काठमाडौं, २२ कात्तिक । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एक लाख ९१ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ४ सय २३ पिसिआर परीक्षण गरिएकोमा थप २ हजार ७ सय ५३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा थप २ हजार २ सय ६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संंख्या एक लाख ५५ हजार  १ सय १४ पुगेको छ । यो दर कुल संक्रमितको ८१ प्रतिशत हो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts