अछाममा कोरोना परीक्षणका लागि स्वाब संकलन हुनै छाड्यो



Download our app to get more features

अछाम, २२ कात्तिक । अछाममा कोरोना परीक्षणको लागि स्वाब संकलन हुन छोडेको छ । 

जिल्लाको एकमात्र कमल बजार नगरपालिकाले स्थापना गरेको पिसीआर प्रयोगशालामा हाल क्षमताभन्दा न्यून मात्रामा कोरोना परीक्षण हुने गरेको छ । 

कुनै बेला २४ घण्टामा १ सय २८ जनाको कोरोना परीक्षण गरेको प्रयोगशालाले हाल दिनमा मुस्किलले ९ जनाको परीक्षण गर्दै आएको प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर बिष्टले बताए । 

परीक्षणको लागि स्वाव संकलन हुन छोडेकाले प्रयोगशालामा कार्यरत स्वास्थकर्मीहरु समेत फुर्सदिला बनेका छन् । 

देशका विभिन्न ठाउँमा कोरोना संक्रमण बढ्दै गइरहेका बेला अछाममा पनि कोरोनाको जोखिम बढ्दै गएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts