काठमाडौं उपत्यकामा १३३८ कोरोना संक्रमित थपिए

काठमाडौं, २१ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३८ संक्रमित भेटिएका छन् ।
देशभर थपिएका २ हजार ९ सय ९ जना कोरोना संक्रमितमध्ये काठमाडौंमा मात्रै १ हजार ३ सय ३८ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
जसमध्ये काठमाडौं जिल्लामा एक हजार ३०, भक्तपुरमा १ सय २१ र ललितपुरमा १ सय ८७ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर २ सय ९०९ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार ५०० जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५२ हजार ९०८ पुगेको छ।
आज देशभर ३४ हजार ९०५ जना सक्रिय संक्रमित छन्। आज देशभर १८ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ७० जना संक्रमितको मृत्यु भइसकेको छ