भरतपुर अस्पतालमा उपचाररत थप एकजना काेराेना संक्रमित पुरूषकाे मृत्यु

चितवन, २१ कात्तिक । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत थप एकजना काेराेना भाइरस (काेभिड–१९) संक्रमित पुरूषकाे मृत्यु भएकाे छ ।
नवलपुर जिल्लाकाे गैंडाकोट नगरपालिका–१२ का ८२ वर्षीय वृद्धको शुक्रवार दिउँसो २ बजे मृत्यु भएकाे भरतपुर अस्पतालले जनाएकाे छ । पेटको आन्द्रामा समस्या देखिएपछि उनीलाई यहि कात्तिक ३ गते अस्पताल भर्ना गरिएकाे थियाे ।
श्वासप्रश्वासमा समस्या देखिएपछि काेराेना परीक्षण गर्दा उनमा कात्तिक १८ गते संक्रमण पुष्टि भएकाे थियाे । उनलाई स्वास्थ्यमा थप जटिल समस्या देखिएपछि साेही दिनदेखि काेभिड आईसियूमा राखेर उपचार गरिएकाे थियाे । उनकाे त्यही उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।
उनमा जटिल प्रकृतिकाे काेभिड निमाेनिया समेत देखिएकाे थियाे । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनकाे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।