धरानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

धरान, २१ कात्तिक । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
उदयपुरको कटारीका १४ वर्षीय बालक र सुनसरीको धरान–१२ की ७८ वर्षीया वृद्धाको उपचारको क्रममा मृत्यु भएको हो । १२ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका १४ वर्षीय बालक प्रतिष्ठानको कोभिड अस्पतालमा १६ कात्तिकमा भर्ना भएका थिए ।
क्षयरोगबाट समेत ग्रसित रहेका उनको शुक्रबार बिहान ९ः५० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले बताए ।
यस्तै, धरानकी ७८ वर्षीया वृद्धाको उपचारको क्रममा बुधबार राति ११ बजे मृत्यु भएको उनले बताए । साइकियाटिक सम्बन्धी समस्याबाट ग्रसित वृद्धामा कात्तिक २० गते संक्रमण पुष्टि भएको थियो ।
अस्पताल भर्ना भएकै दिन राति ११ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।