कोरोना संक्रमण भएका हास्यकलाकार मनोज गजुरेल आइसीयूमा

काठमाडौं, २१ कात्तिक । कोरोना संक्रमण भएका बरिष्ठ हास्यकलाकार मनोज गजरेल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका छन् । फोक्सोमा समस्या देखिएपछि उनलाई आइसीयूमा राखेर उपचार गरिएको छ ।
गजुरेललाई गत १० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।कोरोना संक्रमण भए पछि घरमा आईसोलेसनमा बसेका थिए । अक्सिजन लेभल कम भएपछि उनलाई बिहिबार सशस्त्र प्रहरी अस्पताल लगिएको थियो ।
स्वास्थ्य परिक्षणपछि उनको फोक्सोमा पानी जमेको अस्पतालले जनाएको छ ।