चितवनकाे पुष्पाञ्जली हस्पिटलमा उपचाररत काेराेना संक्रमित पुरूषकाे मृत्यु



Download our app to get more features

चितवन, २१ कात्तिक । भरतपुर १० स्थित श्री पुष्पाञ्जली हस्पिटल प्रालिमा उपचाररत एकजना काेराेना भाइरस (काेभिड–१९) संक्रमित पुरूषकाे मृत्यु भएकाे छ ।

चितवनकाे भरतपुर महानगरपालिका–२१ का ५९ वर्षीय पुरूषकाे बिहीवार राति ९ः५० बजे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ । 

श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि उनलाई कात्तिक ८ गते अस्पताल भर्ना गरिएकाे थियाे । उनमा कात्तिक १४ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे । उनलाई आईसियूमा राखेर उपचार गरिएकाे थियाे । त्यही उपचारकाे क्रममा उनकाे मृत्यु भएकाे हाे ।

उच्चरक्तचाप र मधुमेहका बिरामी समेत रहेका उनमा अस्पताल भर्ना हुने समयमै दुवै फाेक्साेमा जटिल प्रकृतिकाे निमाेनिया समेत देखिएकाे अस्पतालले जनाएकाे छ ।

Last modified on 2020-11-06 09:10:32

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts