कैलालीमा कोरोना संक्रमित वडाध्यक्षको मृत्यु



Download our app to get more features

धनगढी, २१ कात्तिक । कैलालीमा कोरोना संक्रमणबाट जनप्रतिनिधिको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज बिहान मृत्यु भएको हो ।

नेकपाका कैलालीका जिल्ला कमिटी सदस्य दीर्घ जोशीले सामाजिक सञ्जाल फेसबुक मार्फत कोरोना संक्रमणबाट वडाध्यक्ष शाहको मृत्यु भएको जानकारी दिएका छन् ।

शाह १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । कडा खालको निमोनिया देखिएपछि कार्तिक १२ गते असपताल भर्ना भएका शाहलाई १७ गते कोरोना पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि ७३ वर्षीय शाहलाई कोरोना अस्थायी अस्पतालमा सारिएको थियो । उपचारकै क्रममा शाहको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पनि पुष्टि गरे । ७३ वर्षीय शाह गौरीगंगा नगरपालिकाका प्रवक्ता समेत थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts