गण्डकी प्रदेशमा थप २७९ जनामा कोरोना संक्रमण

पोखरा, २० कात्तिक । गण्डकी प्रदेशमा २ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या आठ हजार ५ सय ४३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले बताए ।
पछिल्लो २४ घण्टामा १ सय ४५ जना निको भएका छन् भने हालसम्म निको हुनेको सङ्ख्या चार हजार ८ सय २ जना पुगेको छ। प्रदेशमा सक्रिय संक्रमतिको संख्या तीन हजार ६ सय ४५ छ भने मृत्यु हुनेको सङ्ख्या ९६ पुगेको छ।
Last modified on 2020-11-05 21:35:33