स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा सुदर्शन पौडेल नियुक्त

काठमाडौं, २० कात्तिक । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा सुदर्शन पौडेल नियुक्त भएका छन्।
बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा पौडेललाई चार बर्षका लागि बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
आफु कार्यकारी निर्देशक भएको जानकारी पाएपनि आधिकारीक पत्र नपाएको पौडेलले बताएकाछन् ।
लोक सेवा आयोगको संयोजकत्वमा गठित समितिले स्वास्थ्य मन्त्रालयलाई डा. दामोदर बसौला र डा. कृष्णप्रसाद अधिकारी र सुर्दशन पौडेलको नाम सिफारिस गरेको थियो।
Last modified on 2020-11-05 21:19:49