काठमाडौं उपत्यकामा १३९८ नयाँ संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, २० कात्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३ सय ९८ जना कोरोना संक्रमित थपिएका छन्।
 एकै दिन थपिएका ३ हजार ५१ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ३ सय ९८ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

काठमाडौंमा १ हजार ९१, भक्तपुरमा १ सय ४७ र ललितपुरमा १ सय ६० जना संक्रमित भेटिएका हुन्। यो सँगै संक्रमितको संख्या काठमाडौंमा ६८ हजार ४ सय ४९ पुगेको छ। जसमध्ये ५१ हजार ८ सय ५९ जना उपचारपछि निको भएका छन्। २ सय ५९ जनाको मृत्यु भएको छ। काठमाडौंमा १६ हजार ३ सय ३१ जन सक्रिय संक्रमित छन्। 
 
भक्तपुरमा संक्रमितको संख्या ६ हजार २ सय ३२ पुगेको छ । कुल संक्रमितमध्ये १ हजार २ सय ४८ जना सक्रिय संक्रमित छन्। हालसम्म भक्तपुरमा ६९ जनाको मृत्यु भएको छ भने ४ हजार ९ सय १५ जना उपचारपछि निको भएका छन्।  

यस्तै, ललितपुरमा हालसम्म ९ हजार ६ सय ६३ संक्रमित भेटिएका छन्। जसमध्ये ६५ जनाको मृत्यु र ७ हजार ३ सय २२ जना उपचारपछि निको भएका छन्। हाल ललितपुरमा २ हजार २ सय ७६ जना उपचाररत छन्। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts