सरकारले गरेका सम्झौता कार्यान्वयनमा चासो नदेखाए फेरि अनसन बस्ने डा.केसीको

काठमाडौं, २० कात्तिक । प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारले गरेका सम्झौता कार्यान्वयनमा चासो नदेखाए फेरि अनसन बस्ने चेतावनी दिएका छन् ।
बिहीवार पत्रकार सम्मेलन गर्दै उनले सरकारलाई सम्झौता कार्यान्वयनको लागि दवाव दिन सबैलाई आग्रह गरेका हुन् ।
डाक्टर केसीले अरुको पालामा भएको उपलब्धी प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा गुमेको बताउँदै सम्झौता कार्यान्वयमा बेइमानी नगर्न चेतावनी पनि दिए ।
सरकारले दवावमा परेर सम्भौता गरेको भन्दै उनले अब ईमान्दार भएर सम्झौता कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे ।
डाक्टर केसीले जारी गरेका विज्ञप्तिमा सम्झौता कार्यान्वयन नभएमा सरकार गैर–जिम्मेवार मात्रै हैन, संवेदनहीन र जनपीडक सावित हुने भन्दै जसलाई शिक्षा र स्वास्थ्यमा खाली व्यापार गर्नु रहेको र जनतालाई सेवा दिनु छैन । त्यो हाम्रो संविधानको समेत मानमर्दन हुने उल्लेख गरेका छन् ।
चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै १९ औं अनसन सुरु गर्नुभएका केसीले २८ औं दिनमा डा. केसीले अनसन तोडेका थिए ।