अदालतको अवहेलना आरोपमा किन कारबाही नगर्ने भनी जवाफ दिन स्वास्थ्य मन्त्रीलाई सर्वोच्चको आदेश



Download our app to get more features

काठमाडौं, २० कात्तिक । सर्वोच्च अदालतले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने भनी एक साता भित्र जवाफ दिन भनेको छ ।

सबै नागरिकलाई कोरोनाको परीक्षण र सङ्क्रमितलाई निःशुल्क उपचार गर्नु भनी गत असोज १५ गते सर्वोच्च अदालतले आदेश दिएको थियो । त्यो आदेशविरुद्ध सरकारले केही निश्चित वर्गबाहेक अरुको हकमा शुल्क लिने निर्णय गरेको थियो । 

त्यही निर्णयविरुद्ध अधिवक्ताहरु केशरजंग केसी र लोकेन्द्र ओलीले सर्वोच्चमा अदालतको अवेहलना निवेदन दर्ता गरेका थिए । त्यही निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले ‘अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने ? भनि एक साताभित्र लिखित जवाफ दिनु’ भनी आदेश गरेको हो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts