थप १८ जनाको कोरोनाका कारण मृत्यु, आईसीयूमा उपचाररतको संख्या एकैदिन एक सयको दरले बढ्यो

काठमाडौं, २० कात्तिक । नेपालमा कोरोना संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १८ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ६ प्रतिशत हो ।
यस्तै आईसीयूमा उपचाररत कोरोना संक्रमितको संख्या एकै दिनमा एक सय ३ को दरले बढेको छ । मन्त्रालयको तथ्यांक अनुसार हाल नेपालभर ४ सय २८ जना कोरोना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् । बुधवार आईसीयूमा उपचाररतको संख्या ३ सय ७९ थियो ।
यस्तै हाल नेपालभर ७४ जना कोरोना संक्रमितको उपचार भेन्टिलेटरमा भइरहेको छ ।
Last modified on 2020-11-06 06:47:27