गण्डकी प्रदेशमा ५७ जनामा कोरोना संक्रमित थपिए



Download our app to get more features

पोखरा, २० कात्तिक । गण्डकी प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले आज विज्ञप्ति जारी गर्दै ५ जिल्लामा गरी थप ५७ जनामा कोरोना संक्रमण देखिएको हो ।

 निर्देशनालयका अनुसार पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । यसरी संक्रमित हुनेहरुमा कास्कीका ६ जना, नवलपरासी पूर्वका ४७ जना, पर्वतका २ जना र स्याङ्जा र बाग्लुङका १/ १ जना रहेका छन्।
योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ८ हजार ३ सय २९ पुगेको छ ।

सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन्। आज पुष्टि भएका संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा व्यवस्थापन गर्ने काम भइरहेको निर्देशनालयले बताइएको छ ।

Last modified on 2020-11-05 11:57:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts