बुटवल उप–महानगरपालिकाको महामारीविरुद्धको अभियानमा विभिन्न निकायको सहकार्य



Download our app to get more features

रुपन्देही, २० कात्तिक । रुपन्देहीको बुटवल उप–महानगरपालिकाले सञ्चालन गरिरहेको महामारीविरुद्धको अभियानमा विभिन्न क्षेत्रबाट सहयोग र सहकार्य भएको छ । 

अस्पताल निर्माण, आइसोलेशन सेन्टर निर्माणदेखि स्वास्थ्य सुरक्षाका विभिन्न सामग्रीहरु सहयोग गर्दै महामारीविरुद्धको अभियानमा सहकार्य गरिरहेको छ ।

बुटवलमा कोरोना विशेष अस्पताल र मुलुकमै नमुना आइसोलेशन सेन्टर निर्माणदेखि महामारीविरुद्धका विभिन्न काममा निजी क्षेत्र एवं सामाजिक संघ÷संस्थाले सहकार्य गरेका छन् । 

यसै क्रममा महामारीविरुद्धको बुटवल उपमहानगरपालिकाको अभियानमा चाईनिज मोनास्ट्रीरकिंग वल्ड हेल्थ केयर र ज्याङ्कजी हेइङ फार्मासेटिकल कम्पन्नी प्रा.लि. लिमिटेडको सहयोगमा आएको सर्जिकल मास्कलाई ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी नेपालले बुटबल उपमहानगर पालिकाका लागि हस्तान्तरण गरेको हो । 

ती दुईवटा चिनीया अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा आएको दुईलाख थान मेडिकल स्तरको गुणस्तरीय सर्जिकल माक्स बुटबल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीलाई हस्तान्तरण गरिएको छ ।

सहयोगी संस्थाको तर्फबाट ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी नेपालका सदस्य इञ्जिनियर बिजेन्द्र सोमरेले एक समारोहकाबीच दुई लाख थान सर्जिकल माक्स बुटवलका लागि हस्तान्तरण गरिएको थियो । 

त्यसक्रममा नगरप्रमुख सुवेदीले महामारी नियन्त्रणमा खटिनेहरुका लागि हौसला बढाउने गरी निजी क्षेत्र, सामाजिक संघ–संस्था र दातृ निकायबाट सहयोग र सहकार्य भएको भन्दै प्रशंसा गरे ।

उनले फ्रन्टलाइनमा खटिएकाहरुलाई पहिलो प्राथमिकतामा राख्दै उप–महानगरपालिकाले जारी राखेको अभिभावकीय काममा विभिन्न क्षेत्रबाट सहयोग र सहकार्य भएको स्मरण गरे । प्रमुख सुवेदीले बुटवल उपमहानगरपालिका र चीन सरकारसंगको भगिनी सम्बन्ध स्थापनाले आपसी सहयोग र सहकार्यले अझ उच्च प्राथमिकता पाएको भन्दै आगामी दिनमा पनि निरन्तरता जरुरी रहेको बताए ।

सो अवसरमा बुटबल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकिय अधिकृत चक्रपाणि शर्मा, उपमहानगरका वरिष्ठ अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो । 

नेपाल र चीनका बीचमा मैत्रीपूर्ण सम्बन्ध कायम गराउन र आपसी सहयोग आदानप्रदानमा चिनमै बसेर लामो समयदेखि भूमिका खेल्दै आएका ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी नेपालका संस्थापक अध्यक्ष डा. राजिव झाले आपसी सहयोगका कार्यक्रम जारी रहने बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts