भरतपुर अस्पतालमा उपचाररत हेटौंडाका काेराेना संक्रमित पुरूषकाे मृत्यु



Download our app to get more features

चितवन, २० कात्तिक । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत थप एकजना काेराेना भाइरस (काेभिड–१९) संक्रमित पुरूषकाे मृत्यु भएकाे छ ।

मकवानपुर जिल्लाकाे हेटौंडा उपमहानगरपालिका–६ का ८२ वर्षीय वृद्धको गएराति १ बजे मृत्यु भएकाे भरतपुर अस्पतालले जनाएकाे छ ।

ज्वरो, खाेकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उनीलाई यहि कात्तिक १८ गते अस्पताल भर्ना गरिएकाे थियाे । उनमा कात्तिक १५ गते नै काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

उनलाई स्वास्थ्यमा थप जटिल समस्या देखिएपछि काेभिड आईसियूमा राखेर उपचार गरिएकाे थियाे । उनकाे त्यही उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

उच्चरक्तचाप, मधुमेहका पुरानाे बिरामी समेत रहेका उनमा जटिल प्रकृतिकाे काेभिड निमाेनिया समेत देखिएकाे थियाे । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनकाे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts