प्रहरी अस्पताललाई ३०० बेडको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न अनुमति



Download our app to get more features

काठमाडौं, १९ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल प्रहरी अस्पताललाई ३०० बेडको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न स्वीकृति दिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले इन्सिडेन्ड कमाण्ड सिस्टम (आइसिएस)को निणर्य अनुसार प्रहरी अस्पताललाई ३०० वेडको कोभिड अस्पताल सञ्चालन गर्न दिने अनुमति दिएको जानकारी दिए।

प्रहरी अस्पतालले कोभिडका लागि १०० वेडको अनुमति पाएको थियो।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts