फर्मासिष्ट थापाकाे अनुभव : ‘सन्तुलित खाना, नियमित व्यायाम र उच्च आत्मबलले कोरोनालाई जितेँ’



Download our app to get more features

 चितवन, १९ कात्तिक । चितवनस्थित भरतपुर अस्पतालमा कार्यरत फर्मासिष्ट सूर्य बिक्रम थापा काेराेना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । उनकाे १० दिनपछि मंगलबार दाेस्राे पटक परीक्षण गर्दा काेराेना रिपोर्ट नेगेटिभ आएकाे हाे ।

‘सन्तुलित खाना, नियमित व्यायाम र उच्च आत्मबलले कोरोनालाई जितेँ’ उनले भने ‘संक्रमित हुने बित्तिकै डराउने भन्दा पनि आफ्नो मनाेबल उच्च राख्नुपर्छ । मध्यम र कडा खालकाे लक्षण देखिएका काेराेनाका बिरामीले भने आफ्नो स्वास्थ्यकाे विशेष ख्याल राख्नुपर्छ । आफ्नो शरीरमा अक्सिजनकाे मात्रा, मुटुकाे चाल, ब्लड प्रेसर र अन्य अवस्थाबारे जानकारी राख्नुपर्छ । कुनै समस्या देखिएमा चिकित्सकसँग परामर्श लिनुपर्छ ।’

आफूले लामाे समयदेखि सेवन गर्दै आएकाे नियमित औषधि नछाड्न र आवश्यक परे चिकित्सकसँग परामर्श लिन उनले अनुराेध गरे । सास फेर्न गाह्रो भएमा वा अन्य जटिल प्रकारका स्वास्थ्य समस्या देखिएमा समयमै अस्पताल आउँन समेत सबैलाई उनले सल्लाह दिएका छन् ।

आफू संक्रमित भएकाे समयमा विभिन्न माध्यमबाट स्वास्थ्यलाभकाे कामना गर्नुहुने सबैमा उनले धन्यवाद समेत व्यक्त गरेका छन् । अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन, निस्कनु परेमा भाैतिक दूरी पालना, मास्क, स्यानिटाइजरकाे प्रयोग तथा साबुनपानीले हात धुने नियम राम्रोसँग पालना गर्न सबैलाई उनले अनुराेध गरेका छन् । उनी संक्रमित भएपछि भरतपुर अस्पतालकाे क्याविनमा आइसोलेसनमा बस्दै आएका थिए । उनलाई शुरू–शुरूमा काेराेना संक्रमणकाे केही लक्षण देखिएको भएपनि उनकाे स्वास्थ्य अवस्था सामान्य छ ।

दसैँकाे फूलपातीकाे दिन हल्का ज्वरो आउँने र टाउको दुख्ने भएपछि उनले काेराेना संक्रमणकाे आशङ्कामा महाअष्टमीकाे दिन स्वाब परीक्षणका लागि दिएका थिए । परीक्षणका लागि दिएकाे एकदिन पछि नतिजा आएकाे भएपनि उनले भने केही दिनपछि मात्र जानकारी पाएका थिए । उनी कोभिड संक्रमणको सुरुवातदेखि नै अग्रपंतीमा रहेर बिरामीकाे सेवा गर्दै आएका थिए ।

Last modified on 2020-11-05 06:17:30

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts