स्वास्थ्य सेवाका ११ औं र ९ औं तहका विज्ञापनको दर्खास्त स्थगित



Download our app to get more features

काठमाडौं, १९ कात्तिक । लोकसेवा आयोगले स्वास्थ्य सेवाका ११ औं र ९ औं तहका विज्ञापनको दर्खास्त स्थगित गरेको छ ।

आयोगले गत असोज २८ गते खुला गरेको सहसचिव, उपसचिवको विज्ञापनको दर्खास्त स्थगित गरेको हो ।

सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि भन्दै लोकसेवा आयोगले असोज १८ गते खुलाइएका सबै विज्ञापनको दर्खास्त लिने काम रोकेको हो ।

लोकसेवा आयोगले बुधबार सूचना जारी गर्दै अब अर्को सूचना जारी नहुँदासम्म राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (प्राविधिक÷अप्राविधिक) र स्वास्थ्य सेवाका ११ औं र ९ औं तहका पदको कार्यक्षमता, ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवा, स्वास्थ्य सेवातर्फकै ११ औं र ९औं तहका प्राविधिक र अप्राविधिक पदको आन्तरिक र खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts