वीर अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकहरुले दिए सामूहिक राजीनामा



Download our app to get more features

काठमाडौं, १९ कात्तिक । वीर अस्पतालका इमर्जेन्सी विभागका १६ जना चिकित्सकहरुले सामूहिक राजीनामा दिएका छन् । 

आफ्ना मागहरु सुनुवाइ नभएको भन्दै अस्पतालका १६ जना चिकित्सकहरुले बुधबार अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीलाई सामूहिक राजीनामा पत्र बुझाएका हुन् ।

आफूहरुलाई ज्यालादारी भनेर दसैं–तिहार भत्ता नदिएको, एकदिनको तलब कत्ता गरेर दिएको, उपयुक्त स्रोत सामग्री उपलब्ध नगराएको र २४ सै घण्टा ड्युटीमा लगाउने गरेको राजीनामा पत्रमा उल्लेख गरिएको छ । 

अस्पताल प्रशासनले यस किसिमको व्यवहार देखाउँदा आफूहरुको मनोबलमा गिरेको डा.कौशलेन्द्र चौधरीले बताए । उनले अस्पतालले स्वास्थ्य सुरक्षा मापदण्डको व्यवस्थापन नगर्दा जोखिम मोलेर काम गर्न बाध्य भएको पनि बताए ।

कोरोनाको उपचारमा खटिए बापतको भत्ता लगायत सुविधा नदिएको भन्दै वीर अस्पतालका कर्मचारीहरु कात्तिक २ गतेदेखि आन्दोलनमा छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts