नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ८२ हजार नाघ्यो, ७९ दशमलव ३ प्रतिशत स्वस्थ

काठमाडौं, १९ कात्तिक । नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ८२ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार १ सय ४४ पिसिआर परीक्षण गर्दा थप ३ हजार ३ सय ९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
१३ सय ४ जना महिला र २ हजार ५ जना पुरुष गरि थप ३ हजार ३ सय ९ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ८२ हजार ९ सय २३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा थप ३ हजार ८ सय ४४ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या एक लाख ४४ हजार ९ सय ७८ पुगेको छ । यो दर कुल संक्रमितेका ७९ दशमलव ३ प्रतिशत हो ।