पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमतीको कोरोना संक्रमणबाट निधन 



Download our app to get more features

काठमाडौं, १९ कात्तिक । पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ।  कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको उपचारका क्रममा आज बिहान ६:२५ बजे नर्भिक अस्पतालमा निधन भएको छ। 

यही दसैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएका बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पताल भर्ना गरिएको थियो। 
निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो। 

नर्भिकमा पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै आज बिहान ६स्२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ।

उनी माइस्थेनिया नामक रोगबाट १० वर्षदेखि पीडित थिइन।

Last modified on 2020-11-04 10:10:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts