भरतपुर अस्पतालमा उपचाररत चितवनकी कोरोना संक्रमित महिलाको मृत्यु



Download our app to get more features

चितवन, १९ कात्तिक । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत थप एकजना कोरोना भाइरस (कोभिड–१९) संक्रमित महिलाको मृत्यु भएको छ ।

चितवन जिल्लाको राप्ती नगरपालिका १० की ३९ वर्षीया महिलाको आज बिहान ६ः५० बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । 

उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि यहि कात्तिक १५ गते अस्पताल भर्ना गरिएको थियो । उनमा कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । 

उनलाई स्वास्थ्यमा थप जटिल समस्या देखिएपछि संक्रमण पुष्टि भएकै दिनदेखि कोभिड आईसियूमा राखेर उपचार गरिएको थियो । उनको त्यही उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

पित्तथैली र मुटुमा समस्याको साथै गम्भीर प्रकृतिको कोभिड निमोनियाका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालकाे भनाइ छ ।

Last modified on 2020-11-04 08:49:31

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts