बिपी प्रतिष्ठान धरानमा कोरोना संक्रमित ६१ वर्षीया महिलाको मृत्यु

धरान, १८ कात्तिक । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
धरान उपमहानगरपालिका ९, सुनसरीकी ६१ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
प्रतिष्ठानको कोभिड अस्पतालमा आजै भर्ना गरिएकी उनमा यही कात्तिक ५ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो।
उनको आज अपराह्न ४ः४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।