नेपालमा थप ३ हजार १ सय १४ जनामा कोरोना पोजेटिभ, ३१ सय ४२ जना स्वस्थ

काठमाडौं, १८ कात्तिक । नेपालमा थप ३ हजार १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार १ सय ६६ पिसिआर परीक्षण गर्दा थप ३ हजार १ सय १४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
१२ सय ४७ महिला र १८ सय ६७ पुरुषमा गरि थप ३१ सय १४ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा थप ३ हजार १ सय ४२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ४१ हजार १ सय ३४ पुुगेको छ । यो दर कुल संक्रमितको ७८ दशमलव ६ प्रतिशत हो ।