नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने संख्या एक हजार नाघ्यो



Download our app to get more features

काठमाडौं, १८ कात्तिक । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने संख्या एक हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुने संख्या एक हजार नाघेको हो । 

नेपालमा पछिल्लो समय कोरोना संक्रमणका कारण मृत्यु हुने दर बढ्दै गएको छ । थप २० जनाको मृत्यु भएसँगै नेपालमा कोरोना कारण मृत्यु हुने संख्या एक हजार ४ पुुगेको छ ।

यस्तै कोरोना संक्रमणपछि आईुसीयूमा उपचार गराउनेको संख्या पनि वृद्धि भएको छ । हाल नेपालभर ३ सय ७२ जनाको उपचार आईसीयूमा भइरहेको छ भने ६८ जनाको उपचार भेन्टिलेटरमा भइरहको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts