पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५९ वर्षीया महिलाको मृत्यु

कास्की, १८ कात्तिक । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
पोखरा महानगरपालिका– ५ निवासी ५९ वर्षीया महिलाको सोमबार राति ११ बजे मृत्यु भएको प्रतिष्ठानका सह प्रा डा. अर्जुन आचार्यले जानकारी दिए।
उनी कात्तिक १४ गते कोरोना संक्रमण भई अस्पतालको आइसियुमा भर्ना भएकी थिइन्। अस्पतालका अनुसार उनको माइट्रल भल्भ फेरिएको थियो।
Last modified on 2020-11-03 12:28:12