बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु

धरान, १८ कात्तिक । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ।
धरान उपमहानगरपालिका १८, सुनसरी बस्ने पुरुष संक्रमितको उपचारका क्रममा हिजो साँझ मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालको इमर्जेन्सीमा भर्ना भएका उनको हिजो नै स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो।
Last modified on 2020-11-03 10:31:17