देशभर ३०९२४ जना संक्रमित होम आइसोलेसनमा 



Download our app to get more features

काठमाडौं, १७ कात्तिक । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। 

सोमबार ३० हजार ९ सय २४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार २ सय ३३ जना होम आइसोलेसनमा छन्। 

त्यस्तै प्रदेश १ मा  ५ हजार ८  सय ९७, प्रदेश २ मा १ हजार ४६, लुम्बिनी प्रदेशमा  ३ हजार ८६, सुदूरपश्चिम प्रदेशमा ८ सय ५४, गण्डकी प्रदेशमा एक हजार ३ सय ५९ र कर्णाली प्रदेशमा ४ सय ४९ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts