काठमाडौं उपत्यकामा १६३० कोरोना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, १७ कात्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ६ सय ३० जना कोरोना संक्रमित थपिएका छन्।

एकै दिन भेटिएका २ हजार ९ सय ३३ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ६ सय ३० जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

काठमाडौंमा १ हजार ३ सय २९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ९३ जना संक्रमित भेटिएका हुन्। योसँगै काठमाडौंमा ६४ हजार ५ सय ४६, भक्तपुरमा ५ हजार ९ सय ३ र ललितपुरमा ९ हजार १ सय ५१ जना संक्रमित पुगेको छ। 

हालसम्म काठमाडौंमा २ सय ४३, भक्तपुरमा ६७ र ललितपुरमा ६३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts