थप २४ जनाको कोरोनाका कारण मृत्यु, संख्या ९ सय ८४ पुग्यो

काठमाडौं, १७ कात्तिक । नेपालमा थप २४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २४ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ सय ८४ पुुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ६ प्रतिशत हो ।
यस्तै मन्त्रालयको तथ्यांक अनुसार ७८ जना कोरोना संक्रमितको उपचार भेन्टिलेटरमा भइरहेको छ भने ३ सय ४७ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् ।
Last modified on 2020-11-02 17:59:18