नेपालमा कोरोनामुक्त हुने दर ७८ दशमलव २ प्रतिशत, १ लाख ७६ हजारभन्दा बढी संक्रमित



Download our app to get more features

काठमाडौं, १७ कात्तिक । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १ लाख ७६ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ४ सय ४६ पिसिआर परीक्षण गर्दा थप २ हजार ९ सय ३३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयको अद्यावधिक विवरण अनुसार ११ सय ७६ महिला र १७ सय ५७ पुरुष गरि थप २ हजार ९ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा थप ३१ सय ५० जना कोरोना संक्रमण पछि निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ पुुगेको छ । यो दर कुल संक्रमितको ७८ दशमलव २ प्रतिशत हो ।

हाल नेपालभर ३७ हजार ५ सय २४ सक्रिय संक्रमित रहेका छन् ।

Last modified on 2020-11-02 17:58:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts