बालरोग विशेषज्ञ डा. निलम अधिकारीको निधन



Download our app to get more features

काठमाडौं, १७ कात्तिक । वरिष्ठ बालरोग विशेषज्ञ डा. निलम अधिकारीको निधन भएको छ।  ७५ वर्षकी डा.अधिकारीको ग्वार्कोस्थित आफ्नै निवासमा आइतबार राति मृत्यु भएको हो। 

डा.अधिकारीले विगत एक वर्षदेखि स्तन क्यान्सरको उपचार गराइरहेकी थिइन्। पछिल्लो समय उनको क्यान्सर फैलिदै गएको थियो। 

डा.अधिकारी खोप पश्चात् हुनसक्ने अवाञ्छित घटना अनुसन्धान समिति नेपालका अध्यक्ष तथा सुरक्षित खोपको विश्व सल्लाहकार समितिकी पूर्व उपाध्यक्ष समेत थिईन् ।  डा.अधिकारीको निधनप्रति नेपाल चिकित्सक संघले दुख व्यक्त गरेको छ।

Last modified on 2020-11-02 10:07:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts