भरतपुर अस्पतालमा उपचाररत धादिङ र चितवनका गरी थप २ जना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

चितवन, १७ कात्तिक । चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

मृत्यु हुनेमा चितवनका ७९ वर्षीय एकजना पुरूष र धादिङकी ६१ वर्षीया एक जना महिला रहेका छन् ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० का ७९ वर्षीय पुरुषको आइतवार राति १ः२० बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । 

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइतवार अस्पताल भर्ना गरिएको थियो । उनमा यहि कात्तिक १३ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई स्वास्थ्यमा थप जटिल समस्या देखिएपछि आइतवारदेखि नै कोभिड आईसियूमा राखेर उपचार गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

दम, उच्च रक्तचाप, मधुमेहको पुरानो बिरामी समेत रहेका उनमा जटिल प्रकृतिको कोभिड निमोनिया समेत देखिएको थियो ।

यस्तै, धादिङ जिल्लाको निलकण्ठ नगरपालिका–३ की ६१ वर्षीया महिलाको गएराति २ः५५ बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । 

श्वासप्रश्वासमा समस्या देखिएपछि यहि कात्तिक ५ गते उनलाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । उनमा सोहिदिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई स्वास्थ्यमा थप जटिल समस्या देखिएपछि कात्तिक ९ गतेदेखि कोभिड आईसियूमा राखेर उपचार सुरू गरिएको थियो । उनको त्यही उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनमा जटिल प्रकृतिको कोभिड निमोनिया देखिएको थियो । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनीहरूको मृत्यु भएको अस्पतालले जनाएको छ ।

Last modified on 2020-11-02 10:43:10

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts