चिसोबाट शिशुलाई जोगाउन ध्यान दिनुस् यी कुरामा
जाडो महिना विस्तारै सुरु हुँदैछ । बिहान र बेलुकाको समयमा चिसो बढ्न थालेको छ । अन्य समयको तुलनामा जाडो समयमा चिसोका कारण स्वास्थ्यमा जोखिम बढ्न सक्ने सम्भावना उच्च हुन्छ । झन् अहिलेको वर्तमान अवस्थामा त कोरोनाका कारण बढी नै जोखिम हुने भएकाले सबै उमेर समूहका मानिसलाई बढी नै ख्याल गर्नुपर्छ । वैज्ञानिक र चिकितसकहरुका अनुसार जाडोमा स्वास्थ्य सम्बन्धी समस्या अत्यधिक हुने भएकाले वर्तमान अवस्थामा कोरोनालाई ध्यानमा राखेर स्वास्थ्यको ख्याल गर्नुपर्छ ।
हुन त कोरोनाले बालबालिकालाई अन्य उमेर समूहको भन्दा कम प्रभावित बनाउने गरेको विभिन्न अध्ययनहरुले देखाएपनि वृद्धवृद्धालाई बढी प्रभावित बनाउँछ । तर, बालबालिका पनि यसबाट अछुतो रहन सकेका छैनन् । त्यसकारण पनि कोरोनाको साथै जाडोमा बालबालिकामा हुने समस्यालाई ध्यानमा राखी रेखदेख गर्नुपर्छ ।
मौसममा सामान्य घटबड हुनासाथै उनीहरूमा रुघाखोकी, ज्वरो, टन्सिल, हाडजोर्नी दुख्ने, शरीर सुनिने जस्ता समस्या देखिन थाल्छ । यसकारण जाडो महिना सुरु भएसँगै शरीरको हेरचाह र खानपानमा ध्यान दिन डा. शुनिलराजा मानन्धरको सुझाव छ ।
जाडोमा बालबालिका तथा वृद्धवृद्धामा रुघाखोकी र निमोनियाको संक्रमण उच्च रहन्छ । यस्तो बेला समयमै सावधानी नपु¥याउँदा ज्यानै जाने सम्भावना पनि हुन्छ । दम, क्यान्सर लगायत रोगका बिरामीलाई पनि चिसोले चाडै असर गर्छ । दुई महिनादेखि पाँच वर्षसम्मका बालबालिकामा श्वासप्रश्वास सम्बन्धी समस्या धेरै हुन्छ ।
जाडोमा रुघाखोकी, ज्वरो, टन्सिल भए प्रशस्त मात्रामा मनतातो पानी र सुप पिउनु पर्छ । यस्तै हाडजोर्नी दुखे शरीर सुनिएमा चिसो पानीको प्रयोग गर्नु हँुदैन । छाला फुटेमा यसबाट बच्न कोल्ड क्रिम लगाउनु पर्छ । घामबाट छालालाई बचाउनुको साथै बालबालिकालाई चिसोबाट जोगाउनु पर्छ । यसबाहेक निम्न काम गर्न सके बालबालिकालाई चिसोबाट जोगाउन सकिन्छ ।
—बच्चालाई नगुम्साउने तर न्यायो पार्ने ।
—कोठाको तापक्रममा ध्यान दिने ।
—नवजात शिशुलाई आमाको छातीमा टाँसेर राख्ने ।
—झोलिलो खानेकुरा दिने ।
—घाममा राख्ने ।
—घरमा कोरोना संक्रमित कोही सदस्य भएमा बालबालिकाभन्दा टाँढै राख्ने
— बालबालिकाको प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनीहरुको विषेश ख्याल गर्नुपर्छ