भरतपुर अस्पतालका अध्यक्ष डा. अधिकारी काेराेना संक्रमणमुक्त, भाेलिदेखि काममा फर्कने



Download our app to get more features

 चितवन, १६ कात्तिक । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । आफु आइतवार पूर्णरूपमा स्वास्थ्यलाभ सहित काेराेना संक्रमणमुक्त भएको अध्यक्ष डा. अधिकारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए ।

उनकाे १० दिनपछि आज परीक्षण गर्दा काेराेना रिपोर्ट नेगेटिभ आएकाे हाे । कात्तिक ६ गते उनमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । ‘लक्षण नभएका बिरामीका लागि हाेम आइसोलेसन सुरक्षित छ ।’ उनले भने ‘मध्यम र कडा खालकाे लक्षण देखिएका काेराेनाका बिरामीले भने आफ्नो स्वास्थ्यकाे विशेष ख्याल राख्नुपर्छ । आफ्नो शरीरमा अक्सिजनकाे मात्रा, मुटुकाे चाल र अन्य अवस्था बारे जानकारी राख्नुपर्छ ।

साथै चिकित्सकसँग फाेन संम्पर्कमै रहनु पर्छ ।’ सास फेर्न गाह्रो भएमा वा अन्य जटिल प्रकारका स्वास्थ्य समस्या देखिएमा समयमै अस्पताल आउँन समेत सबैलाई उनले सल्लाह दिएका छन् । स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालनागरी आफु साेमबार देखि नियमित काममा फर्कने उनले बताए । आफू संक्रमित भएकाे समयमा विभिन्न माध्यमबाट स्वास्थ्यलाभकाे कामना गर्नुहुने सबैमा उनले धन्यवाद समेत व्यक्त गरेका छन् ।

उनी संक्रमित भएपछि भरतपुरस्थित आफ्नै निवासमा आइसोलेसनमा बस्दै आएका थिए । उनलाई काेराेना संक्रमणकाे केही लक्षण देखिएको भएपनि उनकाे स्वास्थ्य अवस्था सामान्य थियाे । उनी कोभिड संक्रमणको सुरुवातदेखि नै अग्रपंतीमा रहेर काेराेना संक्रमितकाे उपचार, राेकथाम तथा समग्र व्यवस्थापनमा रातदिन खटिदै आएका थिए ।

Last modified on 2020-11-01 20:29:18

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts