काठमाडौं उपत्यकामा १६२२ नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं, १६ कात्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार६ सय २२ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३ सय ६२ थपिए , भक्तपुरमा ९६ र ललितपुरमा १ सय ६४ जना थप संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ६ सय २० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ।
आज सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ रहेको मन्त्रालयले जनाएको छ।