कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको तथ्यांकको विषयमा अध्ययन गरिने

काठमाडौं, १६ कात्तिक । सरकारले कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको तथ्यांकको विषयमा अध्ययन गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुने तथ्यांक फरक रहेको र सरकारले संख्या लुकाएको समाचार आएपछि यस विषयमा अध्ययन गर्न लागेको बताए ।
मन्त्रालयले कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको विषयमा सहि तथ्यांक संकलन र अध्ययनका लागि ३ सदस्यीय समिति गठन गरेको छ ।
स्वस्थ्य मन्त्रालयका एक जना सहसचिव, इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका प्रमुख र सीसीएमसीका सचिवको नेतृत्वमा समिति गठन गरिएको हो । समितिले काम सुरु गरिसकेको र चाँडै नै कोरोना संक्रमणका कारण मृत्यु भएको विषयमा जानकारी सार्वजनिक गरिनेछ ।