नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ सय ६० पुग्यो, ७८ जना भेन्टिलेटरमा

काठमाडौं, १६ कात्तिक । नेपालमा थप २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ ।
यस्तै नेपालभर हाल ७८ जना कोरोना संक्रमितको उपचार भेन्टिलेटरमा भइरहेको छ भन २ सय ८३ जना आईसीयूमा उपचाररत रहेका छन् ।
बागमती प्रदेशमा १ सय ८० जना आईसीयू र ५८ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ३९ जना आईसीयू र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा २९ जना आईसीयू र १२ जना भेन्टिलेटरमा र प्रदेश २ मा ११ आईसीयूमा उपचाररत रहेका मन्त्रालयले जनाएको छ ।
यस्तै सुदुरपश्चिममा ५ जना आईसीयू र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा १५ जना आईसीयू र २ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ४ जना आईसीयू उपचाररत रहेका छन् ।